सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडाैं | भदौ ३१, २०८१
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।
महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला रु एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ ।
आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

